काठमाडौं । अमेरिकाले पाकिस्तानमा जारी मानवरहित विमान आक्रमण ड्रोन हमलाको नीतिमाथि पुनर्विचार गर्ने संकेत गरेको छ । पाकिस्तानसँगको तनावपुर्ण सम्बन्धलाई सरलीकृत गर्न पाकिस्तानको भ्रमणमा रहेका अमेरीकी रक्षा मन्त्री चक हेगलले अमेरिकी ड्रोन हमला नरोकिने तर यसको नितीमा परिवर्तन गर्ने संकेत गरेका हुन् ।
अमेरिकी ड्रोन हमलाकै विरोध स्वरुप पाकिस्तानले अफगानिस्तानमा तैनाथ नेटो सेनाका लागि खाद्यान्न लगाएतका अत्यावश्यक सामग्री आपूर्ति गर्ने बाटो अवरुद्ध गरेको थियो । हालैमात्रै पाकिस्तानी ट्रक ड्राईभरहरुले अमेरीकी कदमको विरोध स्वरुप हड्ताल गरेपछि नेटोका आपुर्ती केही समय अवरुद्ध भएको थियो । तर पछि यो आपुर्ती भने सुचारु भईसकेको छ ।
दुई देशविचको सम्बन्धमा पछिल्लो दशकमा सैन्य सहकार्य र सुरक्षाका मुद्दाहरुले मात्रै प्राथमिकता पाँउदै आएका छन् । अमेरीक रक्षामन्त्रि हेगलले पाकिस्तानसँगका केही विवाद सुल्झाउन भ्रमण गरेको बताएका छन्भने पाकिस्तानले यसलाई स्वाविक भ्रमण भनेको छ ।
यद्यपी हेगलसँगको भेटमा पाकिस्तानी प्रधानमन्त्रि नवाज सरीफले ड्रोन आक्रमण रोक्न आग्रह गरेका छन् । जारी ड्रोन हमलामा अधिकांश निर्दोष पाकिस्तानी नागरीक मारीएको र यस्ता आक्रमणहरु आतंकवाद र अतिवाद विरुद्ध पाकिस्तानी लडाईका लागि प्रत्युत्पादक भएको पाकिस्तान सरकारको विष्लेषण छ ।
झण्डै ४ वर्षपछि अमेरीकी रक्षामन्त्रिले पाकिस्तानको भ्रमण गरेका हुन् । हेगल पाकिस्तानपछि अफागनिस्तानको भ्रमणमा जाने बताईएको छ । Imagechannels