– वीरेन्द्र केसी
एमाओवादीका प्रभावशाली नेता टोपबहादुर रायमाझीले परिवतर्नको नेतृत्वकर्ता एमाओवादीलाई पाखा लगाएर काग्रेस एमालेले बहुमतीय प्रणालीमा सरकार गठन गरे फेरी पनि संविधान बन्न नसक्ने दावी गरेका छन ।
उनले सबैको साझा सहमती हुन आवश्यक रहेको बताए । उनले अग्रगामी संविधान बनाएर परिवतर्नबाट ल्याएका उपलब्धीलाई संस्थागत गरी देशमा आर्थिक क्रान्ति गरेर नेपाललाई विकसित मुलुक बनाउनुपर्ने दावी गरेका छन ।
उनले बहुमतीय प्रणालीमा गए एमाओवादी सडक अँन्दोलन गर्न बाध्य हुने फेरी पनि संविधान बन्न नसक्ने ठोकुवा गदै यसमा काग्रेस एमाले बढी जिम्मेवारी बन्नुपर्ने जिकिर गरे । ०४७ सालको संविधान ब्युताउने खेलमा लागेको शक्ति समाप्त भएर जाने दावी गरे ।
‘काग्रेस एमालेले मात्रै सरकार गठनमा लागेर मात्रै संविधान बन्न सक्दैन, परिवतर्नको एजेण्डा बोकेको एमाओवादीलाई पाखा लगाएर हुदैन, सबै दललाई समेटनुपर्छ’, खन गाउ