पश्चिम नेपालको प्रमुख औद्योगिक शहर बुटवललाई सिसिटिभी क्यामराले निगरानीमा राखेको छ ।
सुरक्षा संवेदनशीलता बढ्दै जाँदा बुटवल उद्योग वाणिज्य संघको १५ लाखको सहयोगमा इलाका प्रहरी कार्यालयले १० ठाउँमा सिसिटिभी क्यामेरा जडान जडान गरेको हो ।
सिसिटिभी क्यामेराको प्रहरी नायब महानिरिक्षक प्रमुख सुरेन्द्रवहादुर शाहले शुक्रबार उद्घाटन गर्नुभयो ।
उच्च क्षमताको फूल मुभेवल क्यामेरा ट्राफिकचोकमा जडान गरिएको छ भने अन्य ९ वटा हाटबजार, व्यापारिक केन्द्र अमरपथका विभिन्न स्थान र अस्पताल लाइनमा राखिएको बुटवलका प्रहरी नायब उपरीक्षक राजकुमार वैदवारले जानकारी दिनुभयो ।
प्रत्येक क्यामेराको नियन्त्रण इलाका प्रहरी कार्यालय बुटवलवाट हुनेछ । सिसिटिभी क्यामेराको निरन्तर सञ्चालन र मर्मत सम्भारका लागि छुट्टै र छिट्टै कोष खडा गर्ने बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष सुरेन्द्रप्रसाद श्रेष्ठले जानकारी दिनुभयो ।