अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समयमै पाठ्यपुस्तक पुर्याउन जिम्मेवारी पूरा नगर्ने सम्बद्ध अंग र निकायका पदाधिकारीहरुलाई छानबिन गरी कारबाही गर्ने चेतावनी दिएको छ ।
शैक्षिक सत्र सुरु भएको महिनौं वितिसक्दा समेत विद्यार्थीहरुको हातमा पाठ्यपुस्तक नपुगेको गुनासो आएको भन्दै अख्तियारले समयमै छपाई तथा ढुवानी गरी सहज रुपमा पाठ्यपुस्तक उपलब्ध हुने व्यवस्था मिलाउन शिक्षा मन्त्रालयसहित सम्बद्ध सबै निकायलाई निर्देशन दिएको छ ।
‘विगत वर्षहरुमा देशका सुगम तथा दुर्गम क्षेत्रका विद्यालयहरुमा शैक्षिक सत्र सुरु भएको महिनौं वितिसक्दा समेत विद्यार्थीहरुको हातमा पाठ्यपुस्तक पुगेको नदेखिंदा आगामी शैक्षिक सत्रमा समयमै विद्यार्थीको हातमा पाठ्यपुस्तक पुग्न सक्ने अवस्था नरहेको भनी व्यापक जनगुनासो प्रति आयोगको गम्भीर ध्यानाकर्षण भएको छ ।
,’ विज्ञप्तीमा भनिएको छ, ‘पाठ्यपुस्तक जस्तो अति संवेदनशील विषयमा सम्बन्धित निकायबाट बारम्बार लापरबाही र गैरजिम्मेवारपूर्ण कार्य भइरहेकोप्रति जिम्मेवार निकायबाट समयमै अनुगमन भएको देखिन आएन ।’
Source:Ekantipur