अर्घाखाँचीका अस्थायी शिक्षक संगठित हुदै

गणेश खनाल
सन्धिखर्क, अर्घाखाँची ।  शिक्षा मन्त्रालय र अस्थायी शिक्षक विच भएको सम्झौता कार्यन्वयन गर्नु पर्ने एक कार्यक्रमका बक्ताहरुले जोड दिएका छन् । शिक्षक र सरकार विच हाल सम्म भएका सहमति कार्यन्वयन गर्न सबैले आप आफनो ठाउमा भूभिका निर्वाह गर्नुपर्ने बताएका थिए । 
अस्थायी शिक्षक संर्घष समिती अर्घाखाचीले आयोजना गरेको सर्वपक्षिय अन्तरक्रिया कार्यक्रममा बोल्ने बत्ताहरु यस्तो बताएका हुन् ।  नेकपा एमाले प्रतिनिधी परिषद सदस्य नरेन्द्र कुमार क्षेत्र,नेपाली काग्रेसका जिल्ला सचिव लोकेन्द्र वि क,एमाओवादीका राम बहादुर रायमाझी,राष्टिय जनमोर्चाका पशुपति ढकाल,एमाले सचिव राम बहादुर चौहान,बुद्धि भुसाल, लगाएतका हुनुहुन्थ्यो । जिल्ला शिक्षा अधिकारी मित्रमणी खनालले सरकारले शिक्षकलाई सम्बोधन गर्ने गरि काम गर्न थालेको बताए । 
अच्युत पन्थीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पेशागत संगठनका यादव भुसाल,बाबुरा आचार्य,मान बहादुर पाण्डे,युवाराज भुसाल लगाएतले आन्दोलनलाई शशत्त पारि निर्णय बनाउने चेतावनी दिएका थिए । 


Copyright 2013 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.
अर्घाखाँचीडट्कमलाई सहयोग गर्न तल देखिने विज्ञापनहरुमा बारम्बार क्लिक गर्नुस्।

  

अन्य समाचारहरु