समानुपातिकतर्फका सभासदको नाम बुझाउने समय फेरि ७ दिन थप

निर्वाचन आयोगले समानुपातिकतर्फ सभासद् बन्नेको नाम बुझाउने समय फेरि ७ दिन थपेको छ ।
मुख्य दलहरुको आग्रहमा नाम सिफारिस गर्ने समय पुस १० गतेसम्मका लागि थपिएको आयोगका सहन्यायाधीवक्ता महेश शर्मा पौडेलले जानकारी दिनुभयो ।
यसअघि आयोगले मंसिर २५ गतेसम्म नाम बुझाउन भने पनि मुख्य दलहरुले नाम नबुझाई आयोगलाई समय थप्न आग्रह गरेअनुसार आयोगले पुस ३ गतेसम्मको समय थप गरेको थियो ।
सोमबार बिहान कांग्रेस सभापति सुशील कोइराला, एमाले अध्यक्ष झलनाथ खनाल, एकीकृत नेकप माओवादी अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्ड र मधेशीवादी दलका नेताले संयुक्त हस्ताक्षर गरेर समय थप्न आग्रह गरेका थिए ।
शनिबार बसेको उच्चस्तरीय राजनीतिक समितिको बैठकमा एकीकृत माओवादीले समानुपातिकतर्फ सभासद् बन्नेको नाम सिफारिस गर्ने समय थप्नुपर्ने प्रस्ताव गरेको थियो ।