एकीकृत नेकपा माओवादी विरोधको नीति सहित संविधानसभामा जाने तयारी गरेको छ ।
चुनावमा संस्थागत धाँधली भएको भन्दै छानबिनका लागि आयोग गठनको माग गरेपनि नेपाली कांग्रेस र नेकपा एमालेले अस्वीकार गरेपछि एकीकृत माओवादीले नयाँ राणनीतिका साथ संविधानसभामा जाने तयारी गरेको हो ।
स्रोतका अनुसार संविधानसभामा विरोधको नीति लिएर जाने र जनपक्षीय संविधान बन्न नसक्ने अवस्थामा संविधानसभाबाट बाहिरिने गरी माओवादीले गृहकार्य गरिरहेको छ । स्रोतले भन्यो