नेपाली कांग्रेसले नागरिकसँग गरेको प्रतिवद्धता पुरा गर्न आक्रामक रुपमा अघि बढ्ने निर्णय गरेको छ ।
मंगलबार वसेको केन्द्रीय कार्य समितिको अनौपचारिक बैठकले चुनावमा गरेको प्रतिवद्धता र घोषणापत्र कार्यान्वयनका लागि आक्रामक र सक्रिय भूमिकाका साथ अगाडि बढ्ने निर्णय गरेको हो । बैठकमा कांग्रेसका शीर्ष नेताले अहिलेसम्म दलहरुबीच भइरहेको वार्ताबारे जानकारी गराएका थिए ।
पार्टीले सबै विषयमा औचारिक धारणा बनाउन बुधबारदेखि केन्द्रीय समितिको बैठक बोलाएको छ । दलहरुसँगको वार्ता, राष्ट्रपतिको चुनाव र समानुपातिक तर्फका सभासद् छनोट लगायतका विषयमा केन्द्रीय समितिले नै टुंगो लगाउने केन्द्रीय सदस्य जीवन परियारले जानकारी दिनुभयो ।
उहाँले मंगलबार बैठकमा समान्य छलफल भएपनि धारणा नै बनाउने गरी कुनै निर्णय नभएको बताउनुभयो । कांग्रेसले दलहरुलाई सहमतिमा ल्याउनका लागि लचकता समेत अपनाउने निर्णय गरेको छ ।