एकीकृत नेकपा माओवादीका नेता डाक्टर बाबुराम भट्टराई र नेपाल भ्रमणमा रहेको चिनियाँ उच्चस्तरीय टोलीबीच शुक्रबार विहान भेटवार्ता भएको छ ।
भट्टराई निवास सानेपामा भएको भेटमा चिनियाँ टोली नेपालको राजनीतिक अवस्था र एकीकृत नेकपा माओवादीले अप्नाउने रणनीतिका बारेमा चासो राखेको थियो ।
जवाफमा माओवादी नेता भट्टराईले शान्ति र संविधान आफ्नो पार्टीको मुल उद्देश्य भएको बताउनुभयो । दलहरुबीच सहमतिका आधारमा मुलुक अगाडी बढ्नै भन्दै उहाँले शान्ति र संविधानको बाटोको बिकल्न अरु केही हुन नसक्ने बताउनुभयो ।
नेपाल आएलगत्तै चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका उपमन्त्री आई पिङ नेतृत्वको १४ सदस्यीय टोली राजनीतिक भेटवार्तामा व्यस्त छ ।
चिनियाँ टोलीले यसअघि नेपाली कांग्रेस, नेकपा एमाले, एकीकृत नेकपा माओवादी र नेकपा माओवादीका शीर्षनेतासँग भेटवार्ता गरिसकेको छ ।