रोजीरोटीका लागि सानै उमेर देखी नेपाली लाहुर अर्थात ‘भारत’ जान्छन । पस्चिम नेपालमा लाहुर भनेर भारत राज्यलाई चिनिन्छ । बालबालिका खेल्ने समयमा बोल्ने भाषामा ‘मेरा बाबा लाहुर बाट आउँदा ल्याइदिएका चकलेट तलाई दिदिन, मलाई अस्ती तिम्रा बा लाहुर बाट आउँदा ल्याउदा दिएका किन दिएनौ र’ धेरै सुन्न पाईन्छ । आखिर लाहुर अर्थात त्यही भारतमा हाल नेपाली धेरै ब्यापार ब्यवसाय गरी आफ्नो जिविका सँगै रोजिरोटी धानीरहेका छन । उनीहरु समयमा जम्मा भएर खुल्ला ठाउँमा ठुला ठुला कार्यक्रम जमघट गर्छन् । भारतको राजधानी नयाँ दिल्ल्हीको एतिहासमा मात्र होइन पुरै भारतको ईतिहासमा सबैभन्दा ठुलो नेपालीले गर्ने कार्यक्रमको जमघट भनेर चिनिदै आएको ‘नेपाल- भारत सास्कृतिक महोत्सव’ हो । प्रत्येक वर्ष जनवरी २६ तारिकमा हुने यस् कार्यक्रमले त्यहा रहेका नेपालीको आफ्नो क्यालेन्डरको भित्ता रङगिएको हुन्छ । यसै सन्धर्भमा यस् कार्यक्रमको आयोजक सस्था ‘लुम्बिनी गौतम बुद्ध चेरिटेबल ट्रस्ट नयाँ दिल्ली भारत’ का अध्यक्ष दिपक जी.सी. सँग अर्घाखाँची डट्कम् का प्रमुख सम्पादक तथा बिदेश बिभाग प्रमुख उमाकान्त पाण्डे गाउंले अन्तरसंवाद गरेका छन । त्यही सवांदका आधारमा तयार पारीएको प्रस्तुती यहाँ प्रस्तुत गरिएको छ । – सम्पादक
कला ,साहित्य र सस्कृतिको बिकाश गरौ नेपाल-भारत बिचको मैत्रीपूर्ण सम्बन्ध कायम राखौ भन्ने मूल उद्देश्यका साथ हुन गईरहेको नेपाल- भारत सास्कृतिक महोत्सव २०१४ अहिले अत्यन्त चासोको बिषय बनेको छ । प्राय सबै स्थानमा सो कार्यक्रमको बिषयलाई लिएर आफ्नै ढंगले मूल्याकन गर्दै बहस गर्ने गरेको देखिन्छ।
सर्बप्रथम नेपाल – भारत सास्कृतिक महोत्सव -२०१४ को आयोजना लुम्बिनी गौतम बुद्ध चेरिटेबल ट्रस्टले गर्न लागेको कुरा सबैलाई अबगत नै छ ।
ट्रस्ट आफै मा बिसुद्द सामाजिक संस्था रहेको हुनाले पनि यस् को कुनै पनि राजनीतिक स्वार्थ छैन भन्ने कुरा प्रस्ट हून जरुरी छ।यो कार्यक्रम को लक्ष्यनै दलीय ,जातीय,क्षेत्रीय र लिंगीय स्वार्थ भन्दा माथि उठेर देश बिकाश कार्यमा संपूर्ण नेपालीहरुलाई गोलबंद गर्नुनै हो ।
राजनीति आफैमा राम्रो होइन भन्ने हाम्रो मान्यता कदापि होइन तर राजनीतिक ब्यबस्था राम्रो नभएकोले नेपालको धेरै ठुलो युवाशत्ती आफैमा बिकेंद्रिकृत भई रहेको छ । नेपाल र नेपालीको नाताले सबै नेपाली एकजुट हुने हो भने सायद संसारमा हामी ले गर्न नसक्ने कुनै पनि काम छैन । यधपी हामीलाई बिकेंद्रिकृत गर्ने दलीय,जातीय,क्षेत्रीय र लिंगीय परबिर्तिहरु बिरुद्द जनमत जुटाउनु र युबा हरुलाई एकजुट बनाई देश बिकाश कार्यमा योगदान पुर्याउन यस् कार्यक्रमले महत्वपूर्ण भूमिका निर्बाह गर्नेमा आयोजक आशावादी छ ।
हामी आफ्नो मुलुक देखि धेरै टाढा छौ । अझ खास गरी प्रवासमा बसोबास गर्नेको संख्या दिन प्रति दिन बढ़ी रहेको छ । यसको मुख्य कारण बेरोजगारी नै हो देश मा रोजगार को समस्याले प्रवासमा आफ्नो जीबन गुजार्न विवश प्रबासी नेपालीहरु अहिले आफ्नो सस्कृति सस्कार र परंपरा नै भुल्ने समस्या सम्म तीब्र देखिएको छ ।
खास गरी दोस्रो पुस्ता ले आफ्नो भाषा सम्म बुझ्न नसक्ने अबस्था गम्भीर रूपमा बढ्दै गएको छ । आफुलाई नेपाली भन्न समेत तयार नरहेको यो अबस्थामा एउटा ठुलो अभियान लिएर हिडन जरुरी थियो। हामी नेपाली संसारकै स्वाभिमान छौ । हामी कसैका गुलाम होइनौ र जहा बसे पनि हाम्रो पहिचान बनाउन जरुरी छ र गौरबका साथ ‘म नेपाली हु’ भन्न सक्नु पर्छ । त्यसको लागि हामी गौरबपुर्ण काम समेत गरेर देखाउनु पर्छ भन्ने उद्देश्यका साथ “२६ जनवरी -२०१४ को दिन एउटा अभियान कै रूप मा नेपाल- भारत सास्कृतिक महत्सव को आयोजना गरिदै आएको छ ।
यस् कार्यक्रम मार्फ़त निम्न बर्गका नेपाली तथा भारतीय जनतालाई नेपाली द्वारा फ्री मेडिकल क्याम्प लगाउने तथा कम्बल ,कपड़ा इत्यादि बितरण गर्ने कार्यले हामी गौरबका साथ ‘नेपाल र नेपाली हु’ भन्न हिचकिचाउनु पर्दैन भन्ने कार्यक्रमले संसारभर सन्देश दिएको छ ।
बिगतका कार्यक्रममा देखिने जन सहभागिताले पनि के प्रस्ट पार्दछ भने ‘प्रबासमा बसने प्रबासी नेपाली हरु राजनितिक स्वार्थ भन्दा माथि उठेर आफ्नो परंपरा ,सस्कार र सस्कृति लाई बचाउन र साथ साथै देश बिकाश कार्यमा समेत सहभागी हून चाहन्छन । बिभिन्न राजनितिक नाम मा गरिने कार्यक्रमको झिनो सहभागिता देख्दा र यहा आफ्नो सस्कृति बचाउन देखिने सहभागीताले अब प्रबासमा बस्ने प्रबासी नेपालीहरु गोर्खे ,कान्छा,बाहदुर भएर मात्र होइन भारतीय जनतालाई सहयोग गर्न पनि पछि हट्दैनन भन्ने सन्देश दिएको छ । कार्यक्रममा नेपाल बाट राष्ट्रिय पहिचान बनाएका कलाकार तथा भारतमै रहेर कलाकारिता क्षेत्रमा कार्यरत नेपाली कलाकारको बाक्लो उपस्थिती हुने छ ।
नेपाल-भारत सास्कृति मैत्री महोत्सव-२०१४ ले नेपाली र भारतीय जनता बिचको एकता,मित्रता अझ बलियो बनाउनेमा आयोजक थप विश्वाश लिएो छ । त्यस्रथ अब आफुलाई गौरबका साथ नेपाली हु भन्नको लागि यो गौरबपूर्ण कार्यमा सबैको सहभागिता हून जरुरी छ भन्दै उक्त कार्यक्रम ले हामी सबैको एकता मित्रता र सफलता कायम राख्ने विश्वाश लिएका छौ ।
(लुम्बिनी गौतम बुद्ध चेरिटेबल ट्रस्ट नयाँ दिल्ली भारतका अध्यक्ष दिपक जी.सी. अर्घाखाँची डट्कम् भारतका भूतपुर्वक प्रमुख पर्तिनिधी समेत हुन । )
————-