संवीधान चाहियो !

हामीलाई देशमा संबिधान चाहियो !
तर बनाउने नेताहरु देख्दा …. 
सार्है अघाइयो |
हामीलाई देशमा बिधिको शासन चाहियो 
राम्रा भनि रोजेका नेता त
चुनाब हार्दा रोएको पो पाइयो |
हामीलाई अब देश बनाउने एउटा प्रजातान्त्रिक जंगबहादुर चाहियो 
ल हुन्छ कि हुन्छ कि भनेको त
आखिर लोंडेप भएको पो पाइयो |
अब बुद्धत्व भित्र जंगबहादुर खोज्ने कि 
हिजो हारेकाले जितेका छन् 
तिनै बाट अब संबिधान बन्छ कि भन्ने आशा तिर आइयो |
बिष्णु रिजाल 
अर्घाखाँची
हाल: स्पेन