अख्तियार दुरुपयोग अनुसन्धान आयोगद्वारा प्रहरी वरिष्ठ उपरिक्षकसहित ४ जना विरुद्ध भ्रष्टाचारको मुद्दा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रहरी बरिष्ठ उपरीक्षक प्रेमबहादुर चन्दसहित ४ जना विरुद्ध भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर गरेको छ ।
अञ्चल प्रहरी कार्यालय बागमतीका लागि जग्गा खरिद गर्दा १ करोड ७९ लाख ८२ हजार ८ सय ९६ रुपैयाँ भ्रष्टाचार गरेको अभियोगमा एसएसपी चन्दसहित ४ जनाविरुद्ध अख्तियारले विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।
१९ लाख ६६ हजार रुपैयाँमा खरिद विक्री भएको जग्गा ३ महिना २० दिनपछि चन्दले जग्गाधनीसँग मिलेमतो गरी १ करोड ९९ लाख ४८ हजार ८ सय ९६ रुपैयाँमा सरकारको नाममा खरिद गरी भ्रष्टाचार गरेको अख्तियारको ठहर छ ।
अख्तियारले जग्गाधनीहरु राजकुमार भालु, सुनीलकुमार राजवंशी र रामेश्वर कायस्थविरुद्ध पनि विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ ।