बाबु रोका मगर”अपरिचित”
असुरकोट-९,जोगिटारी,अर्घाखाँची
मेरो जीबन को किताब बाट थाहा छैन कहिले
माया ले भरिएको पन्ना फाटेर गएछ कहिले
जहिले बाट होश सम्हाले
उसलाई खोजी रहे यहाँ वहाँ
भड्की रहे उसको खोजिमा गल्ली अनी ठाँटी पौवा मा
खोजी रहे उसलाई बिभिन्न आकृतीमा
पागल जस्तै फिरी रहे हरपल हरक्षेण
तर उ कहीं कतै भेटिएन
म हारेर बसें
सम्झाउन थाले यो मन लाई
फेरी एक दिन
कही कतै जानपहचान सकल वाला शब्दले आवाज दियो
नजिक गए पाए कि उ मेरो नै हराएको पन्नाको शब्द हो रहेछ
म एक पल फेरी खुशी भए धेरै खुशी
दोश्रो पटक उदास भए
किन की त्यो पन्ना किताब भईसके को थियो
कसरी जोड्न पाउछु अब उसलाई फेरी
आफ्नो जीबनको किताब सँग……..?