शाहस (मुक्तक)

मान थापा ‘बुलन्द’
बाग्लुङ गल्कोट 
हाल काठमाडौं 
कत्ती बिचलित नहौ साथी ज्ञानको साथ छ 
तिम्रो हरेक कदममा यो मानको साथ छ 
शाहस बोकी अघी बढ गन्तब्यमा पुग्ने छौ 
हिक्मत दिने तिमी सँग शानको साथ छ 
जान्नु पर्छ फुलाउन फुल्नेछ फूल यही माटोमा 
मेहेनत गर्न सके फुट्नेछ मुल यही माटोमा 
पिछडिएका ति बस्ती बस्ती गाउ लाई जोड्न 
हाते मालो गर्दै साथी बाधौ पुल यही माटोमा