तीन दलका शीर्षनेता सहभागी बैठकमा प्रमुख दलबीच कुरा मिलेन

एमाओवादीले प्रस्ताव गरेको स्थायी प्रकारको उच्चस्तरीय राजनीतिक संयन्त्र बनाउने विषयमा प्रमुख तीन दलबीच कुरा मिल्न सकेको छैन । सोमबार बिहान बसेको  प्रमुख तीन राजनीतिक दलको बैठकमा नयाँ ढंगको संयन्त्र बनाउने विषयमा व्यापक छलफल भएपनि सहमति भने जुटेन ।  
एमाअोवादीले एक वर्षभित्र सहमतिमा संविधान निर्माण गर्न अाफ्ना अध्यक्ष पुष्पकमल दाहालको संयोजकत्वमा स्थायी प्रकारको राजनीतिक संयन्त्र निर्माणको प्रस्ताव गरेको छ । उक्त प्रस्तावमा कांग्रेस सकरात्मक देखिएपनि  त्यसप्रति एमालेको धारणाा भने फरक छ । कांग्रेस समितिप्रति सकारात्मक देखिएपनि दाहाल स्थायी रुपमा संयोजक रहने पक्षमा छैन ।
एमाले सार्वभौम संविधानसभाबाटै सबै छलफल र निकासको पक्षमा छ । बैठकपछि एमाले नेता रघुजी पन्तले  उच्च स्तरीय राजनीतिक समिति बनाउने विषयमा कुरा नमिलेको बताए  ।
यसअघी कांग्रेस, एमाले र एमाओवादीबीच आईतबार भएको फरक-फरक दुईपक्षीय छलफलमा निर्वाचनमा धाँधलीको आरोपबारे छानबिन प्रक्रिया अघि बढाउने, जनआन्दोलन-२ पछि प्राप्त उपलब्धिको रक्षा गर्ने, सत्य निरूपण तथा मेलमिलाप र बेपत्ता छानबिन आयोग गठन गर्ने र एक वर्षभित्र संविधान जारी गर्ने विषयमा मोटामोटी सहमति भएको नेताहरुले बताएका थिए ।
आइतबार एमाले-एमाओवादी र एमाओवादी नेता नारायणकाजी श्रेष्ठले उच्चस्तरीय राजनीतिक समिति बनाउनेबाहेक अन्य विषयमा मोटामोटी सहमति नजिक पुगेको बताएका थिए ।

सूचना : केहि प्राविधिक कारण बस नियमित समाचार प्रकाशनमा आएको अवरोध प्रती क्षमा प्राथी छौ । अब नियमित प्रकाशनका लागि सबै तयारी भएको अवगत गर्दै कुनै पनि प्रकाशन योग्य सामाग्री भए उमाकान्त पाण्डे गाउंले लाई umakantapandey@sandhikharka.com मा पत्राचार गर्नुहुन अनुरोध गर्दछौ । प्रमुख सम्पादक – उमाकान्त पाण्डे