निर्वाचन आयोगले समानुपातिक सभाषदको सूचि बुझाउने समय पाँच दिनका लागि थपेको छ ।
प्रमुख ८ राजनीतिक दलको मंगलबारको बैठकले म्याद थप गर्न गरेको आग्रह अनुसार आयोगले सूचि बुझाउने समय थपेको हो ।
बुधबार विहान बसेको आयोगको बैठकले सूचि बुझउने समय पुस १५ गतेसम्मका लागि थप गर्ने निर्णय गरेको आयोगका प्रवक्ता वीरबहादुर राईले जानकारी दिनुभयो ।
सूचना : केहि प्राविधिक कारण बस नियमित समाचार प्रकाशनमा आएको अवरोध प्रती क्षमा प्राथी छौ । अब नियमित प्रकाशनका लागि सबै तयारी भएको अवगत गर्दै कुनै पनि प्रकाशन योग्य सामाग्री भए उमाकान्त पाण्डे गाउंले लाई umakantapandey@sandhikharka.com मा पत्राचार गर्नुहुन अनुरोध गर्दछौ । प्रमुख सम्पादक – उमाकान्त पाण्डे