ओमान र बहराइनमा नयाँ नेपाली दूतावासहरू सञ्चालनमा

काठमाडौ  ओमान र बहराइनमा यसै सातादेखि नयाँ नेपाली दूतावासहरू विधिवत् सञ्चालनमा आएका छन् । परराष्ट्र मन्त्रालयको टोलीसहित दुवै मुलुकको भ्रमणमा गएका परराष्ट्र सचिव अर्जुनबहादुर थापाले दूतावासको उद्घाटन गरेका हुन् । ती दूतावासले केही महिनायता काम गर्दै आएका थिए ।
थापा र बहराइनका विदेश उपसचिव करिम अलसकेरले संयुक्त रूपमा सञ्चालित दूतावासको उद्घाटन गरेको त्यहाँबाट जारी विज्ञप्तिमा उल्लेख छ । बहराइनमा ३५ हजार नेपाली कामदार छन् । थापाले ओमानका समकक्षी अहमद विनसँग पनि भेटवार्ता गरेका । ekantiur