नेपाली कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले सहमति नभए दुई तिहाई बहुमतबाट भएपनि एक वर्षभित्र संविधान जारी हुने बताउनुभएको छ ।
काठमाडौमा भएको कार्यक्रममा नेता देउवाले शुरुमा सहमतिमा संविधान बनाउन प्रयास गर्ने र नभए दुई तिहाई बहुमतबाट भएपनि एक बर्ष भित्रै संविधान जारी हुने दावी गर्नुभयो ।
संविधान निर्माणमा सबै दलको सहकार्य जरुरी रहेको बताउँदै उहाँले त्यसको वातावरण पनि बन्दै गएको दावी गर्नुभयो । देउवाले सबै दल संविधान सभामा केन्द्रित हुनुपर्नेमा जोड दिनुभयो ।
उहाँले संविधान सभाकै अवधिमा आर्थिक विकासमा महत्वपूर्ण काम हुने समेत बताउनुभयो ।