अमेरिका र दक्षिणपूर्वी क्यानडामा भारी हिमपातका कारण जनजीवन प्रभावित भएको छ ।
गएको हप्ताको अन्त्यदेखि सुरु भएको हिमपात र हिम आँधीका कारण त्यहाँका ५ लाख भन्दा बढी मानिस विद्युत सेवाबाट बञ्चित भएका अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।
आँधीका कारण विद्युत प्रसारण लाइनमा भएका क्षतिलाई मर्मत गर्ने काम जारी रहेको र सबै क्षेत्रमा विद्युत सुचारु हुन अझै केही दिन लाग्ने स्थानीय अधिकारीहरुले बताएका छन् ।
भारी हिमपातका कारण तापक्रम शुन्य भन्दा निकै तल पुगेको छ भने चिसोकै कारण अहिलेसम्म २७ जनाको ज्यान गइसकेको छ ।
विशेष गरी बत्ती बाल्न ग्यास, पेट्रोल तथा डिजेलका जेनेरेटर र कोइला बाल्दा त्यसबाट निस्कने कार्बन मोनोअक्साइ ग्यासका कारण पनि केहिले ज्यान गुमाएका स्थानीय अधिकारीले बताएका छन् ।