परराष्ट्र सचिब थापा र ओमानका सचिब बिच भेटबार्ता

– पशुपती जीसी (ओमान)
परराष्ट मन्त्रालयका सचिब अर्जुन बहादुर थापाले ओमान सरकारका उच्च ओहोदाका बिभिन्न ब्यक्तिसंग शिश्टाचार भेटबार्ता गरेका छन । 
भेटघाटका क्रममा ओमानका लागी परराष्ट उप सचिब अहमद युसेफ बिन संग बिषेश भेटवार्ता भएको हो । 
भेटघाटका क्रममा नेपाल र ओमान बिचको ब्यपारिक सम्बन्ध,श्रम सहचारी लगायतका बिषयमा ब्यापक छलफल भएको नेपाल राजदूताबास ओमानले जानकारी दिएको छ ।
 
सो अबसरमा परराष्ट्र सचिव थापाले नेपाली कामदारहरुलाई रोजगारीको अबसर दिएकोमा धन्यवाद दिँदै दुई पक्षीय सम्बन्धलाई अझ प्रगाण बनाउन प्रस्ताव राखेका थिए । 
Photo8
ओमानमा नेपालीहरुको सुरक्षित रोजगारी सुनिश्चीत गर्न श्रम सम्झौता गर्ने तथा लगानी, पर्यटन र संस्कृतिक आदानप्रदानका लागि कुनै संयन्त्र बनाउँदा उपयुक्त हुने थापाले सुझाउ दिएका थिए । 
साथै उनले आफ्ना समकक्षीलाई उपयुक्त समयमा नेपाल भ्रमणको निम्तोसमेत दिए । 
सो अबसरमा ओमानका परराष्ट्र मन्त्रालयका उपसचिवले सचिव थापालाई स्वागत गर्दै भ्रमण सफलताको कामना गरेका थिए । उनीहरुले ओमानमा आवासीय दूतावास खालेकोमा नेपाललाई बधाई दिए । 
सचिव थापाले ओमानले पनि नेपालमा आवासीय दूतवास खोलोस भन्ने अपेक्षा रहेको बताउँदा ओमानी परराष्ट्र सचिवले यसलाई सकरात्मक रुपमा लिने बताए । थापाले दिएका सुझावलाई सकारात्मकरुपमा लिँदै उनले आपसी सम्बन्ध बिस्तारमा यी सुझाव फलदायी हुनसक्ने बताए । 
उनले पर्यटन र लगानी विस्तारका अबसरबारे पर्याप्त छलफल गर्नुपर्ने भन्दै नेपालमा प्रत्यक्ष बैदेशिक लगानीको अबसरबारे विस्तृतमा जानकारी गराउन आग्रह गरेका थिए । जवाफमा सचिव थापाले दूतावासमार्फत् छिटै विस्तृत बिबरण उपलब्ध गराउने बताए । 
सचिव थापाका साथमा परराष्ट्र मन्त्रालयका शिष्टाचार महापाल कालीप्रसाद पोखरेल, ओमानका लागि नेपाली कार्यबाहक राजदूत झविन्द्र अर्याल,श्रम मन्त्रालयका सहसचिव बुद्धिबहादुर खड्का तथा ओमानस्थित नेपाली दूतावासका कर्मचारी उपस्थीत थिए ।