एमालेले समानुपातिक सभासद् छान्यो(सूचिसहित)

नेकपा एमालेले संविधानसभामा जाने समानुपातिका तर्फका ८४ जना सभासदको टुंगो लगाएको छ । तीन दिनदेखि गोकर्ण रिसोर्टमा चलेको स्थायी समितिको बैठकले शुक्रबार साँझ समानुपातिकका सभासदको टुंगो लगाएको एमाले स्रोतले जानकारी दिएको छ ।
काठमाडौंको उत्तरी गोकर्ण रिर्सोट बसेको स्थायी समितिको आवासीय बैठकले समानुपातिक सभासदको टुंगो लगाएको हो ।  एमाले स्रोतले दिएको जानकारी अनुसार एमाले सचिव युवराज ज्ञवाली, अनुशासन आयोगका अध्यक्ष अमृतकुमार बोहोरा, स्थायी समितिका सदस्य भरतमोहन अधिकारी, काशीनाथ अधिकारी, भानुभक्त ढकाल, तुलराज विष्ट र पशुपति चौलागाईंलाई समानुपातिकबाट सभासद बनाउने निर्णय भएको  छ ।
एमाले केन्द्रीय सदस्य घनश्याम भुसालले समानुपातिकका सबै सभासदको टुंगो लागिसकेकाले शनिबारसम्ममा पार्टीको धारणा आउने जानकारी  दिए ।