इजिप्टको अन्तरिम सरकारले अपदस्थ राष्ट्रपति मोहमद मुर्सीको पार्टी मुश्लिम ब्रदरहुडलाई आतंकवादी घोषित गरेको छ । गत जुलाई महिनामा नै गैरकानुनी घोषणा गरिएको सो पार्टीको नेतृत्वमा नै इजिप्टको प्रहरी मुख्यालयमा यही साता आतंकवादी हमला भएको भन्दै आतंकवादी संगठन घोषणा गरिएको बताइएको छ ।
इजिप्टका उपप्रधानमन्त्री सोसाम ऐस्साले सो पार्टीलाई सहयोग गर्ने जो कोहीलाई कडा कारबाही गर्ने चेतावनी दिंदै आतंकवादी गतिविधि नरोके कडा कदम चालिने बताएको छ ।
यता, गत साता प्रहरी मुख्यालयमा भएको सांघातिक आक्रमणमा आफ्नो हात नरहेको प्रष्ट पारेको मुश्लिम ब्रदरहुडले आफूहरुलाई आतंकवादीको संज्ञा दिएको भन्दै आपत्ती जनाएको छ ।
आफ्ना सयौं कार्यकर्तालाई अनाहकमा पक्राउ गरी मानवता विरोधी कार्य गरेको अन्तरिम सरकारको हालैको कदम अन्यायपूर्ण भन्दै सो पार्टीले ब्विश्व समुदायको ध्यानाकर्षण गरेको छ ।
अर्कोतर्फ मुर्सी समथर्कहरुले गत जुलाईदेखि इजिप्टका विभिन्न सहरहरुमा गरिरहेको प्रदर्शनलाई निरन्तरता दिंदै आएका छन् । प्रदर्शनकै क्रममा सयौं मुर्सी समर्थक कार्यकर्ता पक्राउ परिसकेका छन् । ARGENCIES