अर्जुन भुसाल
सन्धिखर्क, अर्घाखाँची । सेतो गवारोको आक्रमणले कफीका बोटहरु सुक्दै गएपछि जिल्लाका किसानहरु चिन्तित भएका छन् । गवारो लागेर बोटहरु सुक्दै गए पछि किसानहरु चिन्तित भएका हुन । तिन वर्ष अघि नै गवारो किराले आक्रमण गर्न शुरु गरेको भएपनि अहिले सम्म यो रोगको निवारण गर्न नसकिएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । यहाँ २०३८ साल देखि खेति सुरु गरिदै आएपनि ५७ साल देखि किसानहरुले व्यवसायिक रुपमा खेति गर्दै आएका छन् ।
सुरुमा २२ वटा गाविसमा विभिन्न समुह मार्फत ११ सय ६५ भन्दा वढि कृषकहरुले करिव पाँच लाख बोटहरु लगाएका थिए । अहिले धेरै बोटहरु सुकिसकेका र हरिया बोटमा पनि उत्पादनमा कमि आउँन थाले पछि कृषकहरु यो खेतीबाट विस्तापित हुने अबस्थामा पुगेको बताउँछन् । जिल्लामा कफी खेतिको राम्रो संभावना देखे पछि विभिन्न सरकारी तथा गैर सरकारी संस्थाहरुले काम गर्दै आए पनि रोग निवारण भने कसैले पहल नगरेको किसानको गुनासो छ । जिल्ला भरि पाँच लाख फल दिईरहेका बोटहरु मध्य झन्डै ढाइ लाख बोटहरु मरिसकेको जिल्ला कफी व्यवसाय संघ अर्घाखाँचीका कोषाध्यक्ष पुस्करनाथ वनजाडेले बताए