सन्धिखर्क, अर्घाखाँची । अर्घाखाँची जिल्लाको गच्छेखोला स्थित दाह सस्कार ( मसानघाट) क्षेत्रमा अवैद मदिरा बेचबिखन कार्य अझै रोकिएको छैन।
गच्छेको मसानघाटको फेदी कुनामा रहेको खत्री चिया पसलमा दैनिक सयौ माना अवैद मदिरा बेचविखन नरोकिदा त्यो क्षेत्रमा विक् ति फैलिएको हो ।
त्यहाँ दाह सस्कारका लागि आउने मलामी एक आपसमा लडाईं झगडा गर्ने, नसाको मातमा खोलामा नै सुत्ने, होहल्ला गर्ने र घर नफर्कने एवम दैनिक काम गरेर घर गुजारा गर्ने कुमाल समुदायका युवाका साथै अन्य तल्लो वर्ग महिला – युवाले दिन भरको कमाई त्यही फाल्ने गरेको स्थानियहरुले बताए । साथै त्यहाँ रक्सीको नसा मात लागेका मानिसहरु सँग अन्य समान किन्दा समेत दोब्बर मुल्य बताई सबै पैसा लुट्छन भनेर कुमाल समुदायका एक युवाले बताए । सुर्तीजन्य पदार्थको बिक्रीले गाजाको नसा लिने युवाको पनि त्यो क्षेत्रमा ठुलै जमघट हुने बताए। यहाँ प्राय रक्सी र गाजाको मातले लडेर पल्टिएका मानिसहरु धेरै भेटिन्छन्।
अलि सम्वेदनशिल क्षेत्र दाह सस्कार एरियाका साथै त्यहाँ देउराली मन्दिर भएको क्षेत्रमा जिल्ला प्रशासनले अझै सुर्तिजन्य पदार्थ एवम मदिरा निषेधित क्षेत्र घोषणा गर्न सकेको छैन।
स्थानिय रुपमा एवम गाबिसबाट त्यो क्षेत्रमा सुर्तिजन्य पदार्थ एवम मदिरा बेचबिखन बन्द गराउन धेरै समय देखि प्रयास गरेपनि प्रशासनले कुनै सहयोग नगरेको स्थानिय नेता दिलदार हुसेनले बताए। गाजाको नसा लिनेको बिगबिगीले गर्दा मदिरालाई मात्र नभएर सुर्तिजन्य पदार्थ बेचबिखनमा समेत रोक लगाउनु पर्ने माग स्थानियहरुले राखेका छन।
अर्घाखाँचीको प्रमुख दाह सस्कार गर्ने क्षेत्र गच्छेमा दैनिक २,४ सम्म शव दहन गरिन्छ भने यही क्षेत्रमा रहेको देउराली मन्दिरमा दैनिक पूजा गर्ने, पाठा बली दिन भक्तजनहरु टाढा – टाढाबाट आउने गर्दछन।
यो जिल्लाको सम्बेदनशील क्षेत्र भएकोले दुवै सुर्तीजन्य पदार्थ एवम मदिरा बेचबिखनमा रोक लगाउन आवश्यक देखिएको छ।
Copyright 2013 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.
अर्घाखाँचीडट्कमलाई सहयोग गर्न तल देखिने विज्ञापनहरुमा बारम्बार क्लिक गर्नुस्।