नेपाल आयल निगमले तत्कालका लागि पेट्रोलियम पदार्थको मूल्य नबढाउने बताएको छ ।
विभिन्न राजनीतिक दलका विद्यार्थी संगठनसँग निगमको कार्यालय बबरमहलमा भएको छलफलमा नियमले तत्काल मूल्य नबढाउनेमा सहमती जनाएको हो । भाउ नबढाउन सहमती जनाए पनि घाटा पूर्ति गर्नका लागि सरकारले सहयोग गर्नु पर्ने निगमको माग छ ।
बजारमा देखिएको पेट्रोलियम पदार्थको कृत्रिम अभाव हटाउन निगमले प्रभावकारी कदम चाल्ने बताएको नेविसंघका प्रवक्ता युपी लामिछानेले जानकारी दिनुभयो । नेपाल आयल निगमगले हालसम्मको ऋण झण्डै ३४ अर्व रुपैयाँ पुगेको बताएको छ ।