हेडक्वाटरमा बसेर एमाओवादीका अध्यक्ष र नेता बोगटीले तयार पारे समानुपातिक सभासद् सूची-सभासद् चयनमा विवाद

संविधानसभाको तेस्रो ठूलो दल एमाओवादीमा समानुपातिक सभासद् चयनमा तनाव भएको छ ।
अध्यक्ष पुष्पकमल दाहालले एकलौटी सूची तयार पारेपछि नेताद्वय बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठले बैठक बहिस्कार गरेर निस्केका छन् । भट्टराई र श्रेष्ठ निस्किएपछि ‘हेडक्वाटर’मा रहेका अध्यक्ष दाहाल र नेता पोस्टबहादुर बोगटीले सभासद् छानेका छन् । उनीहरुलाई ‘हेडक्वाटर’मा नरहेका नेता वर्षमान पुनले साथ दिए ।
एमाओवादी नेता बोगटी, पुनले सोमबार साँझ निर्वाचन आयोगमा पुगेर समानुपातिक सूची बुझाएका हुन् । प्रत्यक्षतर्फ २६ सिट जितेको उसले समानुपातिकमा ५४ सिट पाएको छ ।
केन्द्रीय समितिमा सभासद् चयनमा सहमति नभएपछि दाहाल, भट्टराई, श्रेष्ठ र बोगटी रहेको ‘हेडक्वाटर’लाई जिम्मा दिइएको थियो ।
चुनावमा धाँधली भएको भन्दै संविधानसभामा जान आनाकानी गरेको एमाओवादीले दलहरुबीच चार बुँदे सहमतिपछि सूची बुझाउन राजी भएको हो ।
आयोगमा सूची बुझाएपछि बाहिरिएका एमाओवादी नेता वर्षमान पुनले कुनै पनि पुराना सभासद् नदोहोरिएको बताएका छन् । उनका अनुसार एमाओवादीबाट २७ महिला र २७ पुरुषको नाम बुझाइएको छ ।
नाम बुझाउँदा कोटाअनुसार केही नमिलेकाले पुनः सच्याइने उनले बताए । आयोगले तीन दिनसम्म सच्याउन समय दिनेछ ।
एमाओवादीले आयोगमा बुझाएको सूची
वेद माया भण्डारी (शाक्य)   
सुरेन्द्र कुमार कार्की   
भेष कुमारी राउत (भट्टराई)   
अनिता कुमारी परियार   
रविन्द्र प्रताप शाह   
मोहम्‍मद जाकिर हुसैन   
मोहन टुडु   
अमन लाल मोदी   
ओङदी शेर्पा   
श्री प्रसाद जवेगु   
सुर्य प्रकाश वाला राई   
सन्त कुमार दरै   
जुठ बहादुर टुहुरे खड्गी   
योगेन्‍द्र तामा घिसिङ   
राधिका तामाङ   
कमला दोङ   
कृष्ण धिताल   
आशा कोइराला   
भक्ती प्रसाद पाण्डे   
लाल बहादुर गुरुङ   
तेज कुमारी पौडेल   
दलजित विके श्रीपाली   
सिर्जना तरामु खत्री   
केशरी घर्ति मगर   
रेखा शर्मा   
गोमा कु‌वर   
ललिता कुमारी रेग्मी   
जानकी कुमारी साउद रावल   
कर्ण बहादुर वि।क।   
दिलमाया धामी   
फुलझरी देवी   
हरिलाल ज्ञवाली   
दुर्गा खुना   
गोपाल गिरी   
धन पहरी   
अजय शंकर नायक   
लालेन्‍द्र कुमार मण्‍डल   
प्रतिक्षा तिवारी मुखिया   
राम सिंह यादब   
निशा कुमारी साह    
धनिराम पौडेल   
शम्भु पासवान हजारी   
डोर प्रसाद उपाध्याय   
राम नारायण विडारी   
सुरेन्द्र प्रसाद जयसवाल   
उषा किरण अ‌न्‍सारी   
दुलारी हरिजन   
सोनिया यादव   
धन माया बिश्वकर्मा (खनाल)   
सीता नेपाली   
तुलसा राना   
अन्जना चौधरी   
रुपा महर्जन (श्रेष्‍ठ)
पुनाराम थापा