– उमाकान्त पाण्डे गाउंले
अर्घाखाँची डट्कम् का अर्घाखाँची सन्धिखर्क प्रतिनिधि तथा फोटो सहयोगी हरि बहादुर खड्काको मृत्यु भएको छ ।
गएराती ९:३० बजे लु २ त ८५०२ नम्बरको ट्याक्टर दुर्घटनामा घाईते भएका सन्धिखर्क २ छापडाँडाका खड्काको घट्नास्थलमा नै ज्यान गएको हो ।
नरपानी ५ जगतामा भएको दुर्घटनामा चालक चन्द्र नेपाली र सुरज वि.क समेत घाईते भएका छन् । गम्भिर घाईते भएका वि.क.को बुटवलमा उपचार भैरहेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जानकारी दिएको छ ।
डट्कम् का लागि स्थानिय प्रतीनिधीको रुपमा ६ महिना पहिले नियुत्ती पाएका खड्काले डट्कम् का पाठकको मन जितेको डट्कम् ब्यबस्थापनले जनाएको छ । यसै बिच डट्कम् प्रमुख मेहर सिंह केसीले एक बिज्ञप्ती जारी गर्दै समवेदना ब्यत्त गरेका छन भने प्रमुख सम्पादक उमाकान्त पाण्डे गाउंलेले अर्घाखाँची डट्कम् लाई ठुलो क्षती भएको भन्दै शोकमा १३ दिन सम्म रगिंन तस्विर तथा रगिन समाचार प्रकाशन नगर्ने बताएका छन ।
यसैगरी युरोप फाउन्डेशनका प्रमुख सप्पन के.सी ले पनि खड्काको निधनले आफु एकदम दुखित भएको उल्लेख गरेका छन ।
खड्काको असमाहिक निधनले अर्घाखाँची शोकमा डुबेको छ। भने स्वर्गिय खड्काको पार्थिक शरीरमा शर्दान्जली दिन सयौ शुभचितक एवम आफन्तहरुको आएका थिए ।
खड्काको लाटागोडा बागी खोलामा गरिएको अन्तेष्टीमा एकिक् त माओवादीका जिल्ला सेक्रेटरी ठाकुर कुमार बिकले पार्टीको झन्डा ओडाएका थिए।
साथै अन्तेष्टीमा बिभिन्न संघ- सस्था, राजनीतिक दलका नेता- कार्यकर्ता, पत्रकारको समेत उपस्थित रहेको थियो।
Copyright 2013 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.
अर्घाखाँचीडट्कमलाई सहयोग गर्न तल देखिने विज्ञापनहरुमा बारम्बार क्लिक गर्नुस्।