दिल्ली राज्य सरकारमा मुख्य मन्त्री भएको ४८ घण्टामै केजरीवालले दुई प्रतिबद्धता पूरा गरे

– देवेन्द्र भट्टराई                
दिल्ली राज्य सरकारमा आएको ४८ घण्टामा मुख्यमन्त्री अरबिन्द केजरीवालले आफूले दिल्लीबासी सामु गरेका दुई प्रतिबद्धतालाई पूरा गरेका छन् ।
नयाँ बर्ष २०१४ को मुखमा मंगलबार अपरान्ह्र केजरीवालले बिजुली महशुल ५० प्रतिशतका अनुपातमा कमी गरेका छन् । बढीमा ४ सय युनिटसम्म बिजुली एक महिनामा उपयोग गर्ने घरपरिवारले यो ५० प्रतिशत शुल्क कटौतीको फाइदा लिन सक्नेछन् ।
यसअघि २ सय युनिटसम्म बिजुली उपयोग गर्नेले प्रति युनिट ३ रुपैयाँ ९० पैसा शुल्क तिर्नुपथ्र्यो भने अब १ रुपैयाँ ९५ पैसा मात्रै तिर्नुपर्नेछ । यसैगरी, यसअघि ४ सय युनिटसम्म प्रयोग गर्नेले ५ रुपैयाँ ८० पैसा प्रति युनिट शुल्क तिर्नुपथ्र्यो भने जनवरी १ बाट २ रुपैयाँ ९५ पैसा मात्रै तिरे पुग्छ । तर, ४ सय युनिटभन्दा माथि बिजुली प्रयोग गर्ने कम्पनी/उद्योगले पनि पुरानै रेटमा शुल्क तिर्नुपर्नेछ ।
यो नयाँ शुल्क व्यवस्था मार्च ३१ सम्मका लागि भनेर जानकारी गराइएको छ । दिल्ली सरकारले यो निर्णय सार्वजनिक गर्नासाथै छिमेकी राज्य हरियाणाले पनि बिजुली बिल हेरीकन प्रति परिवार २ सय रुपैयाँसम्मको छुट दिने नीति बाहिर बुधबारबाटै ल्याएको छ ।
लोकसभाको चुनाव आउन चार महिना मात्रै बाँकी रहेका बेला आम आदमी पार्टीले आफ्नो प्रभाव र वर्चस्व बढाउन यो चलाख