भट्टराई र श्रेष्ठले पार्टी फुटाए स्वागत-किराती,नेताहरुको दास भएर पार्टीमा बस्नुको औचित्य नहुने गगन थापा

एकीकृत नेकपा माओवादीका नेता गोपाल किराँतीले निर्वाचन आयोगमा पेश गरेको ५४ जनाको समानुपातिक सूची कुनै पनि हालतमा नसच्चिने बताउनुभएको छ ।
उहाँले नेताहरु डा बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठले पार्टी फुटाए आफूले स्वागत गर्ने बताउनुभयो । रिपोर्टर्स क्लबमा भएको कार्यक्रममा किराँतीले सूची बनाउन बोलाइएको बैठकमा बाहिस्कार गरेका नेताहरुले अहिले अहिले आएर असन्तुष्टि राख्नुको कुनै अर्थ नभएको बताउनुभयो ।