फोरम नेपालले समानुपातिक सभासदतर्फ नाम बुझायो-दुई जना ‘पैसावाल’, महासचिवद्वारा बैठक बहिस्कार

– अब्दुल्लाह मियाँ                
उपेन्द्र यादव नेतृत्वको मधेसी जनअधिकार फोरम नेपालले समानुपातिक सभासदतर्फ दुई जना पैसावालसहित आठ जनाको नाम बिहीबार निर्वाचन आयोगमा बुझाएको छ ।  
उसले पैसावाल वीरेन्द्रप्रसाद महतो (सिरहा) र श्रवणकुमार अग्रवाल (काठमाडौं) सहित उपाध्यक्ष मोहम्मद लालबाबु (पर्सा), जन्नतुन निशा (रुपन्देही), शिवजी यादब (महोत्तरी), छायाँ शर्मा (काठमाडौं), उषा यादव (मोरङ) र लक्ष्मीकुमारी चौधरी (सप्तरी) को नाम बुझाएको हो । अग्रवाल अघिल्लो संविधानसभामा पनि समानुपातिक सभासद् थिए ।  महतो एनआरएन संस्थापक उपेन्द्र महतोका भाइ हुन् ।
पार्टीले मापदण्ड मिचेर सभासद् छानेको भन्दै महासचिव रामसहायप्रसाद यादवले भने बैठक बहिस्कार गरेका छन् ।
प्रत्यक्षमा दुई सीट जितेको फोरम नेपालले समानुपातिकमा आठ सीट पाएको थियो ।