अब उपभोक्ताले साताको ८० घण्टा लोडसेडिङ भोग्नु पर्ने भएको छ ।
नेपाल विद्युत प्राधिकरणले आइतबारदेखि साताको ८० घण्टा लोडसेडिङ गर्ने भएको छ । प्राधिकरणले अहिले साताको ६३ घण्टा लोडसेडिङ गर्दै आएको छ ।
प्राधिकरणले साताको चार दिन ११ घण्टाका दरले र बाँकी तीन दिन १२ घण्टा विद्युत कटौती गर्ने भएको छ ।