– अर्जुन भुसाल
जिल्लामा १४ ओटा गाविस खुल्ला दिसा मुक्त घोषणा भएका छन् । अघिल्लो श्रावण महिनादेखि जिल्लामा सरसफाइ अभियान थालनी भए यता असुरकोट, खनदह, धारापानी, सीतापूर, खन, अड्गुरी, चिदिका, जुकेना, ठूलापोखरा, नुवाकोट, खिल्जी, बाँगी, धातिवाङ र पटौटी खुल्ला दिसामुक्त गाविस घोषणा भएका हुन् । यस अवधिमा १८ हजार ६ सय ५१ नयाँ सुरक्षित शौचालय निर्माण भएका छन् । जिल्ला खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समितिको सरसफाई रणनीतिक योजना अनुरुप ३२ गाविस अघिल्लो वर्षेखि र १० गाविसमा यस वर्षेखि सरसफाइ अभियानको थालनी भएको हो ।
४२ वटै गाउँ विकास समितिलाई खुल्ला दिसामुक्त अवस्थामा पुर्याउनका लागि विद्यार्थी, शिक्षक, राजनीतिक दल, युवा क्लब, वन समूह, सहकारी, विभिन्न तहमा गठन गरिएका सरसफाइ समितिहरु, निजी क्षेत्र र सरकारी क्षेत्र सबैको उत्तिकै योगदान रहेको बताउँछन जिल्ला खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समिति
अर्घाखाँचीका सदस्यसचिव इञ्जिनियर राजेन्द्र प्रसाद न्यौपाने ।’सहजीकरण गर्ने संस्थाहरुको कुशल सहजीकरण र सपूर्ण साझेदार, स्थानीय निकाय र जनताको अपनत्वका कारण अभियानले गति लिन सकेको हो’ न्यौपानेको भने ।
खुल्ला दिसामुक्त अभियान सञ्चालन हुनुअघि ४५ प्रतिशतको हाराहारीमा रहेको पक्की शौचालय अहिले ९१ प्रतिशतमा पुगेको छ । यस तथ्यांकलाई हर्ेदा अर्घाखाँची जिल्लालाई खुल्ला दिसामुक्त घोषणा गर्नका लागि ९ प्रतिशत घरधुरीमा मात्र सुरक्षित शौचालय निर्माण गरे पुग्ने देखिन्छ । यो संख्या निकै उत्साहप्रद भएको सरसफाइ अभियानको निकाय ग्लोबल स्यानिटेसन फण्ड/यू.एन. ह्याबिट्याट अर्घाखाँचीका संयोजक विष्णु दवाडीले बताइन ।
धनचौर, केरुंगा, पाली र खिदिम मरेङ, पणेना र डिभर्ना गाविस पनि खुल्ला दिशममुक्त घोषणाको अन्तिम तयारीमा रहेको खुल्ला दिसामुक्त अभियानमा सहजीकरण गरिरहेका संस्था सिसेक अर्घाखाँचीकी कार्यवाहक अध्यक्ष मीरा पाण्डलेे बताइन । ‘शौचालयको पहुँच ९२ प्रतिशत पुगिसकेको छ’, उनले भनिन, ‘चार्डपर्व र संविधानसभा निर्वाचनले कम भएको शौचालय निर्माणको गति फेरि बढिरहेको छ’ ।
खुल्ला दिसामुक्त अभियान सहजीकरण गरिरहेको अर्को संस्था नेष्टका कार्यक्रम संयोजक विनोदप्रसाद शर्माका अनुसार अर्घातोष , बल्कोट, छत्रगञ्ज, ढिकुरा, मैदान, पोखराथोक, सुवर्णखाल , खाँचीकोट र नरपानी गाविसमा घरायसी तहमा सुरक्षित शौचालयको पहुँच ९० प्रतिशतभन्दा बढी रहेको छ ।
यी गविसलाई एक महिनाभित्रै खुल्ला दिसामुक्त अवस्थामा पुर्याउने लक्ष्य लिएको उनको भनाई छ । स्थानिय विकास अधिकारी हेमराज भुसालले सरसफाई अभियानमा सबै क्षेत्रबाट सहयोग मिलेकाले छिट्टै जिल्लानै खुल्ला दिसामुक्त हुने बताए ‘कुनै गाविसमा विद्यालयले अगुवाइ गरेका छन् भने कुनैमा समुदायले’ भुसालले भने, ‘राजनीतिक दलहरुको साथ र सहयोग उल्लेखनीय भएको छ’ ।
अर्घाखाँची जिल्लामा सरसफाइ गुरुयोजनालाई आधार मान्दै कुनै अनुदानविना नै स्थानीय अगुवाइमा सरसफाइ अभियान सञ्चालन गरिएको इकार्डस् नेपालका जिल्ला कार्यक्रम संयोजक गोपाल घिमिरेले बताए ‘जहाँ जसले अगुवाइ गर्दा प्रभावकारी हुन्छ, सोही अनुसार अभियान सञ्चालन गरिएको छ’, उनले भने ।
Copyright 2013 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.
अर्घाखाँचीडट्कमलाई सहयोग गर्न तल देखिने विज्ञापनहरुमा बारम्बार क्लिक गर्नुस्।