संविधानसभा बैठक आव्हानका लागि राष्ट्रपति यादव राजनीतिक छलफलमा

संविधानसभा बैठक आव्हानका लागि पहल थालेका राष्ट्रपति डाक्टर रामवरण यादवले आज पनि राजनीतिक भेटवार्ता थाल्नु भएको छ ।
शीतललनिवासमा सोमबार विहान संघीय समाजवादी पार्टीका अध्यक्ष अशोक राईसँग भेटवार्ता गरेका राष्ट्रपतिले दिउँसो दलित जनजाति पार्टी नेता विश्वेन्द्र पासवाससंग भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ ।
संविधानसभा बैठक आव्हानका विषयमा राष्ट्रपति र मन्त्रिपरिषद् अध्यक्षवीच विवाद भएपछि राष्ट्रपति यादवले बैठक आव्हानका लागि पहल थाल्नु भएको हो । नेपालको अन्तरिम संविधान अनुसार मन्त्रिपरिषद् अध्यक्षले बैठक बोलाउनुपर्ने हुन्छ ।
राष्ट्रपति यादवले संविधान संसोधन गरेरै भएपनि आफूले बैठक बोलाउनुपर्ने नेताहरुसंग बताउने गर्नु भएको छ । यसैबीच संविधानसभा चुनाव सफल भएको भन्दै भोली राष्ट्रपति यादवले जलपान कार्यक्रम आयोजना गर्नु भएको छ ।
संविधानसभा चुनाव २०७० सफल भएकोमा मंगलबार दिउँसो तीनबजे  सित्तलनिवासमा राष्ट्रपति यादवले जलपान कार्यक्रमको आयोजना गर्नु भएको उहाँको निजी सचिवालयले जनाएको छ ।