काठमाडौं कोटेश्वरको तरकारी बजार नजिकैको घरमा मंगलबार विहान आगलागि हुँदा ८० लाख रुपैयाँ बराबरको क्षति भएको छ ।
स्थानीय केदार ढकालको तीनदले घरमा रहेका ३ वटा पसलमा विहान ३ बजे आगलागि भएको प्रहरीले जनाएको छ ।
विद्युत सर्ट भएर आगो लागेको हुन सक्ने प्रहरीको अनुमान छ । प्रहरी र स्थानीय बासिन्दाको प्रयासमा १५ मिनेटपछि आगो नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।