तयारी नपुगेको भन्दै आउँदो २६ गते बस्ने तय भएको एकीकृत नेकपा माओवादीको केन्द्रीय समिति बैठक स्थगित भएको छ ।
बैठकमा प्रस्तुत हुने राजनीतिक दस्तावेजको तयारीका लागि भन्दै केन्द्रीय समिति बैठक माघ २ गतेसम्मका लागि स्थगित गरिएको माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका स्वकीय सचिव एवं माओवादी केन्द्रीय सदस्य चुडामणी खड्काले जानकारी दिनुभयो ।
तर त्यसअघि सल्लाहकार समिति, पूर्वपोलिटव्युरो लगायतको अनौपचारिक बैठक बस्ने तयारी भएको उहाँले बताउनुभयो । समानुपातिक सभासद् चयनमा विवाद भएपछि माओवादीभित्र विवाद चर्किएको छ ।
अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग असन्तुष्टि राखेका नेता डा बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठले राजनीतिक प्रतिवेदनमा सबैलाई मिलाएर लैजान आग्रह गरेपछि बैठक स्थगित गरिएको हो ।