भ्रष्टचारविरुद्ध उजुरी दिने प्रहरी खोरमा ! ‘कुनै निकायमा भ्रष्टचार सम्बन्धी सूचना दिनु साईबर अपराध होइन ।

गैह्र सरकारी संस्थामा बढेको भ्रष्टाचारविरुद्ध आवज उठाउने व्यक्ति प्रहरी खोरमा पुगेका छन् । भैरहवाको नमूना एकीकृत विकास परिषद्मा भएको भ्रष्टाचारबारे सरकारी निकायमा उजुरी दिने गोपाल बञ्जाडेलाई प्रहरीले पक्राउ गरेको हो ।
दूव्र्यसनीहरुलाई उपचार गर्ने भन्दै खोलिएको नमूना एकीकृत विकास परिषद्मा भएको भ्रष्टचारबारे उजुरी गरेको सजायस्वरुप बञ्जाडेलाई भैरहवामा पक्राउ गरी हत्कडी लगाएर काठमाडौं पुर्याइएको छ ।
भ्रष्टचारविरुद्ध आवाज उठाउने चारजनामध्ये एकजनलाई साईवर क्राईमअन्र्तगत प्रहरीले नियन्त्रणमा लिएको हो । सोमबार भैरहवामा उक्त संस्थाका पूर्व कर्मचारीले पत्रकार सम्मेलन गरेर आफूहरु लामो समयदेखि उक्त संस्थाबाट ठगिएको बताएको बताएका थिए ।
पूर्व कर्मचारीले समेत संस्थाले ठगेको बताइरहँदा रुपन्देहीको हार्टीबनगाईका बासिन्दा गोपाल बञ्जाडेलाई प्रहरीले साईबर क्राईम गरेको अभियोगमा पक्राउ गरेको हो । संस्थाबाट ठगिएका सर्वसाधरण र पूर्वकर्मचारीको पक्षमा बोल्दै आएका बञ्जाडेलाई नक्कली ईमेल प्रयोग गरेकाले पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
अपराध अनुसन्धान महाशाखा काठमडौंको आदेशमा जिल्ला प्रहरी कार्यालय रुपन्देहीले बञ्जाडेलाई उनको कम्प्युटरसहित पक्राउ गरेर महाशाखालाई बुझाएको छ । सोमबार उनको पसल तानेसन मेडिकल हलबाटै उनलाई रुपन्देही प्रहरीले पक्राउ गरेको हो ।
बञ्जाडेलाई सोमबार १२ बजे पक्राउ गरेर मंगलबार विहान काठमाडौं लाने समयमा पक्राउ पुर्जी दिइएको छ । महाशाखाको टोलीले विहान मंगलबार विहान बा.१०च ७०९६ नम्बरको निजी टाटासुमोमा राखेर काठमाडौं लगिएको छ । उक्त गाडी मधवलिया