कांग्रेसले नवनिर्वाचित सभासदसँग छलफल गर्दै

नेपाली कांग्रेसले एकवर्षभित्रमा संविधान जारी गर्ने विषयमा नवनिर्वाचित सभासद्सँग छलफल गर्दैछ ।
विहीबार विहान ११ बजेपार्टी कार्यालय सानेपामा एकवर्षभित्र संविधानजारी गर्ने भन्ने विषयमा छलफल हुने महामन्त्री प्रकाशमान सिंहले जानकारी दिनुभयो ।
एकवर्षभित्र संविधानजारी गर्नका लागि सभासद्सँग सुझाव समेत माग्ने र रणनीति तय गर्ने तयारी कांग्रेसले गरेको छ । 
केन्द्रीय कार्यसमितिले गठन गरेको नरहरि आचार्य नेतृत्वको कार्यदलले तयार पारेको प्रस्तावका विषयमा समेत छलफल हुने महामन्त्री सिंहले बताउनुभयो ।