प्रेमनारायण आचार्य
सन्धिखर्क, अर्घाखाँची । अर्घाखाँचीको सन्धिखर्कमा सरसफाइ प्रज्वलकहरुका लागि तीन दिने पुनर्ताजगी तालिम आज देखि सुरु भएको छ ।
अर्घाखाँची जिल्लालाइ सन २०१४ भित्र खुल्ला दिसा मुक्त घोषणा गर्ने कार्यक्रम अनुसार समुदायमा गएर पुर्ण सरसफाइको बारेमा जानकारी दिने प्रज्वलकहरुलाइ पुनर्ताजगी तालिम सुरु भएको हो ।
१६ गाविसका ३२ जनाको सहभागिता रहेको तालिमको सहजीकरण युएन ह्याबीटाटका जिल्ला स.योजक बिष्णु दवाडी, खुल्ला दिसामुक्त तथा सरसफाइ प्रबद्धन कार्यक्रमका जिल्ला संयोजक बिनोद प्रसाद शर्माले गर्नु भएको छ ।
तालिमको उद्घाटन सत्रमा मन्तब्य राख्दै जिल्ला खानेपानी सरसफाइ तथा स्वच्छता समनवय समितिका अध्यक्ष तथा स्थानीय बिकास अधिकारी हेमराज भुसालले अर्घाखाँचीमा सरसफाइको अबस्था सुधार गर्नमा प्रज्वलकहरुको भुमिका महत्व पुर्ण रहेको बताउनु भयो ।
Copyright 2014 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.
अर्घाखाँचीडट्कमलाई सहयोग गर्न तल देखिने विज्ञापनहरुमा बारम्बार क्लिक गर्नुस्।