आँखाको ४ बुदें अर्घाखाँची घोषणापत्र जारी

वीरेन्द्र केसी
सन्धिखर्क, अर्घाखाँची ।  ४ बुदे अर्घाखाँची घोषणापत्र जारी गर्दै नेपाल नेत्र ज्योती संघको पश्चिमाञ्चल क्षेत्रीय कार्यशाला गोष्ठी सकिएको छ । पश्चिमाञ्चका १६ जिल्लाका जिल्ला सभापति, प्रतिनिधि र संघका केन्द्रिय अध्यक्ष प्रा.डा. तीर्थ प्रसाद मिश्र, महासचिव श्याम पोखरेल पश्चिमाञ्चल संयोजक सागरप्रताप राणा सहित ५० जनाभन्दा बढीको सहभागीता रहेको गोष्ठीले व्यक्तिको संवेदनशील अंग आँखाको उपचार सेवामा ध्यान दिएर सहयोग गर्न आग्रह गरेको छ । 
सन्धिखर्क र पर्यटकीय स्थल खाँची दरवारमा भएको दुई दिने गोष्ठीमा सन २०२० भित्रमा नेपालभरी रहेका आँखाका रोगीलाई उपचार गरेर ०. २ प्रतिशतमा झार्ने, यस क्षेत्रमा मोतीया विन्दु भएका रोगीका सम्पुर्ण विरामीलाई निशुल्क अप्रेशन गर्ने संघका अर्घाखाँची सचिव उमेश घिमिरेले बताए । त्यस्तै नयाँ स्रोत साधनको अबलम्बन गर्दै यस क्षेत्रमा रहेका रोगीलाई प्रभावकारी ढंगले सेवा दिने र सरकारलाई आँखा उपचारमा सबैखाले सहयोग अनिवार्य गर्नुपर्ने माग गर्दै चार बुढे घोषणा पत्र जारी गरिएको संघका जिल्ला सभापति दलबहादुर केसीले बताए । 
आँखा उपचार केन्द्र अर्घाखाँचीका प्रमुख सागर घिमिरेका अनुसार जिल्लामा दैनिक ४० जनाभन्दा बढी र महिनामा १० हजार विरामीको उपचार भैरहेको छ । पछिल्लो पटक आँखाका रोगीको संख्या बढ्दै गएको संघको ठहर छ । संघका अध्यक्ष डा. मिश्रले २०३५ सालदेखी आँखाका रोगीको उपचार निरन्तर लागिरहेको र पछिल्लो समय मोतीयाविन्दु र अन्धोपनाका रोगीको संख्या बढदै गएकाले यसमा सरकारले सहयोग गरिदिनुपर्ने माग गरे । 
Copyright 2014 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.
अर्घाखाँचीडट्कमलाई सहयोग गर्न तल देखिने विज्ञापनहरुमा बारम्बार क्लिक गर्नुस्।

 

अन्य समाचारहरु