बैंकक । थाइल्याण्डमा सरकार विरोधी प्रदर्शनकारीले राजधानी बैंककका विभिन्न सडक अवरुद्ध पार्न थालेका छन् । प्रदर्शनकारीले बैंककका मूख्य चोकहरु ओगटेर बसेका छन् भने विभिन्न स्थानमा अवरोध खडा गरेका छन् । सरकारले शान्ति सुव्यवस्था कायम गर्न ८ हजार सेनासहित १८ हजार सुरक्षाकर्मी परिचालन गरिएको जनाएको छ ।
आगामी फेब्रुअरी २ का लागि घोषणा गरिएको मध्यावधि चुनाव अघि नै प्रधानमन्त्री यिङलक शिनावात्राको सरकारलाई हटाउन विपक्षीहरु गत नोभेम्बरबाट सडकमा उत्रिएका हुन् । उनीहरुले