प्रेमनारायण आचार्य
सन्धिखर्क, अर्घाखाँची । सौजन्य समाज किमडाँडाको अयोजना र जिल्ला खेलकुद बिकास समितिको सह अयोजनामा हिजो देखि सुरुभएको जिल्ला स्तरिय क्रिकेट प्रतियोगितामा सोमबार पनि ४ ओटा खेल भएका छन ।
आज भएको पहिलो खेलमा युए सि सि अर्घाले रोकर गाइज लाई ८ वकेटले पराजित गरेको छ । त्यस्तै दोसा्रे खेलमा भद्रचौर श्रेष्ठ क्रिकेट क्लबले आर बि एन क्लबलाइ ७ वकेटले, तेसौ् र खेलमा एम्स क्लबले किमडाँडा सी लाई ६४ रनले र त्यस्तै चौथोखेलमा किमडाडा ए ले नवमिलन युवा क्लबलाइ ५४ रनले पराजित गरेको छ ।
आज भएको पहिलो खेलमा हेमराज के सी दोस्रो खेलमा उतम श्रेष्ठ तेस्रो खेलमा मनिस केसी र चोथौखेलमा त्रिभुज कार्की म्यान अफ द म्याच भएका छन ।
पहिलो चरणका बाकी दुइ खेल भोली साहराशान्ति क्रिकेट क्लब र किमडाडा बि तथा साइनिङ स्टार क्रिकेट क्लब र फोएल्ड क्रिकेट क्लबबिच प्रतिस्पर्धा हुने छ ।
त्यसपछि भोलिनै दोस्रो चरणका खेलहरु सुरुहुने आयोजकले बताएको छ ।
Copyright 2014 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.
अर्घाखाँचीडट्कमलाई सहयोग गर्न तल देखिने विज्ञापनहरुमा बारम्बार क्लिक गर्नुस्।