सन्धिखर्कको त्रिबेणी पुरमा माघे संक्रान्ती बिशेष साँस्कृतिक कार्यक्रम, बद्रीले पहिले रुवाए अनि नचाए (तस्बिर सहित)

प्रेमनारायण आचार्य



सन्धिखर्क, अर्घाखाँची १ माघ । आमा बिदा पाइएन अहिलेको संक्रान्तीमा घरमा आइएन मञ्चमा आउदा बित्तिकै यो गित गाए पछि मेला हेर्न आएका अधिकांस दर्शकहरुले आखाबाट आशु बगाए । अनि पिलिपिल रुन पनि थाले । क्यामेरा भएका र मोबाइलले फोटा खिच्ने जतिले तस्बीर खिच्न र भिडियोमा कैद गर्न थाले । जबजब बद्री भाबबिह्वल भएका आमाको नजिक नजिक गएर गित गाउन थाल्छन  तब सबै दर्शकरु झन बढि भाबुक बने । 

 


 

त्यस लगत्तै शिरैको सिउदोमा सिन्दुर छैन बिचरीको बिहे पनि नभएको हैन, लाउ चेली सिन्दुर लाउ निकोपार रिदयको घाउ यो गित गाएका जनताका कलाकार बद्री पंगेनीले आमा र बिदुवा महिलालाइ मात्र भाब बिह्वल बनाएनन । पुरुष तथा महिला दर्शकहरुले पनि आखा मनिल बनाए । जब जब बद्री महिलाको कोखैमा गएर गित गाउन थाले तब सबै उपस्थित दर्शकहरुका आखाको गुवामा आशु छचल्किएको थियो । 

 



 

अर्घाखाँचीको प्रसिद्ध धार्मिक तीर्थ स्थल सन्धिखर्कको त्रिबेणी पुरमा अर्घाखाँची युबा परिसदले आयोजना गरेका  माघे संक्रान्ती बिशेष साँस्कृतिक कार्यक्रममा उपस्थित भएका हजारौ दर्शकलाइ जनताका गायक भनेर चिनिने कलाकार बद्री पंगेनीले सुरुमा सबैलाइ भाबबिहव्ल पारे ।  

 



 

अनि लोक कलाकार बद्री आफैले भने आज त कहा रुने हो र आजत मेलापर्बको दिन सबै नाच्नु पर्छ, हास्नु पर्छ भनेर  लगत्तै एउटा रैला भाकाको माघे सक्रान्ती सम्बन्धि भजन गाए सबै दर्शकहरु ताली बजाए ।  केहि छमछमी नाच्न पनि थाले । यो भजनले पहिले आखाबाट आशु झरेथे भन्ने पनि अधिकांस दर्शकले बिर्सिए । 

 



 

अर्घाखाँची सहित छिमेकी जिल्ला गुल्मी, प्युठान, कपिलबस्तु, पाल्पा , र कपिलबस्तु बाट चुत्राबेसीको त्रिबेणीपुरमा माघे स्रकान्तीमा नुवाउन र मेला हेर्न आएका हजारौ दर्शकलाइ बद्रीले मन थिएन जोगी बन्नलाइ , ससुरालीमा लगायतका गितहरु गाएर भरपुर मनोरञ्जन प्रदान गरेका छन । 

 



 

बद्रीले मात्र हैन लोक गायीका मञ्जु महतले मेरो पढाइ बिग्रेर आलु भो , पढ्यो पढ्यो पाठ सोर दुना आठ लागयतका गित गाउदा मेला हेर्न आएका युबा , युबती, मात्र हैन बालक तथा बृद्धहरु पनि छमछमी नाचेका थिए । 

 


 

हास्य ब्यंग कलाकार राजा राजेन्द्र पोखल्रे, र बिष्णुजी पाण्डे (माहिला बा) लगायतका कलाकारले बिभिन्न प्रकारका अभिनय गरि दर्शकहरुलाइ पेट मिचिमिची हसाएका थिए । 



    सास्कृतिक कार्यक्रममा लोक गायक शिब हमाल ,हरिमाया रायमाझि, रुद्र रायमाझि सहितका ख्याती प्राप्त कलाकारहरुले  आफ्ना गीत तथा हास्य ब्यंग सहितका सृजना प्रस्तुत गरि उपस्थित दर्शकलाइ भरपुर मनोरञ्जन प्रदान गरेका छन । 

 


 

युबाहरुको एकता समाज सुधारमा अग्रसरता भन्ने मुल नाराका साथ २०६१ सालमा स्थापना भएको अर्घाखाँची युबा परिसदले बिना कुनै सुल्क निशुल्क रुपमा सास्कृतिक कार्यक्रम देखाएको थियो । 



    बागी खोला, घोचेखोला र भद्री खोलाको संगम स्थल त्रिबेणी धाममा माघे स्रकान्तीको दिन नुवाएमा मोक्ष प्राप्त हुने बिश्वासका साथ यस स्थानमा माघे संक्रान्तीका दिन बिहानै देखि भक्तजनहरुको घुइचो लाग्ने गर्दछ । 




Copyright 2014 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.

अर्घाखाँचीडट्कमलाई सहयोग गर्न तल देखिने विज्ञापनहरुमा बारम्बार क्लिक गर्नुस्।





 

अन्य समाचारहरु