संविधानसभाको पहिलो बैठकको कार्यसूचीका विषयमा आज सर्वदलीय छलफल हुँदैछ ।
दिउँसो एकबजे संविधानसभा भवन नयाँ बानेश्वरम बैठक आव्हान गरिएको व्यवस्थापिका संसद सचिवालयका प्रवक्ता मुकुन्द शर्माले जानकारी दिनुभयो ।
बैठकमा संविधानसभामा प्रतिनिधित्व गर्ने ३० राजनीतिक दल र दुईजना स्वतन्त्र सभासद्को प्रतिनिधित्व हुनेछ । संविधानसभाको पहिलो बैठक आउँदो ८ गते बस्नेछ ।