राष्ट्रपति डाक्टर रामबरण यादवले माघ १२ गतेका लागि संसदको अधिवेशन आह्वान गर्नुभएको छ ।सरकारको सिफारिस अनुसार राष्ट्रपतिले १२ गते आईतबार दिउँसो ३ बजेका लागि बैठक आह्वान गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।
मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीले दिउँसो शीतल निवास पुगेर संसद अधिवेशन आह्वान गर्न सिफारिस गरे लगत्तै राष्ट्रपतिले बेलुकी संसद अधिवेशन आह्वान गर्नुभएको हो ।
राष्ट्रपतिसँगको विवादका बीच आफैले संविधान सभा बैठक बोलाएका अध्यक्ष रेग्मीले संसद अधिवेशन बोलाउन भने राष्ट्रपति समक्ष सिफारिस गर्नुभएको थियो । संविधान सभा बैठक भने माघ ८ गते दिउँसो तीन बजेको बोलाईएको छ ।