सर्वोच्च अदालतले अस्पतालमा उपचार सेवा नरोक्न अन्तरिम आदेश दिएको छ ।
अधिवक्ता विष्णुप्रसाद तिमिल्सिनाले दायर गरेको रिटमा सुनवाई गर्दै न्यायाधीश प्रकाश वस्तीको ईजलाशले अत्यावश्यकीय सेवामा हड्ताल गर्न नपाइने भन्दै आदेश पाएको १ घण्टाभित्र उपचार सेवा सञ्चालन गर्न आदेश दिएको हो । सर्वोच्च अदालतमा अहिले आदेशको पुर्ण पाठ तयार भइरहेको छ ।
डाक्टर गोविन्द केसीले उठाएका माग पुरा गराउन दबाब दिन चिकित्सकले अस्पतालमा उपचार सेवा रोकेपछि तिमिल्सिनाले अस्पतालमा हड्ताल गर्न नपाउने गरी आदेश माग्दै अदालतमा रिट दायर गर्नुभएको थियो ।
चिकित्साशास्त्र अध्ययन संस्थान महाराजगञ्जको डीनमा नियुक्त शशि शर्माको नियुक्त बदर लगायत ७ बुँदे माग गर्दै प्राध्यापक डाक्टर गोविन्द केसी नौ दिनदेखि आमरण अनशनमा हुनुहुन्छ ।