शोभाखर पन्थी
सन्धिखर्क, अर्घाखाँची । नीजि विद्यालयका समस्याप्रति सरकार उदासिन भएको बताउँदै एक कार्यक्रमका सहभागि वत्ताहरुले गुणस्तरीय शिक्षा प्रदान गर्ने, नीजि स्कुललाई राज्यले असहयोग गरेको आरोप लगाएका छन् । नीजि तथा आवसिय विद्यालय अर्गनाईजेशन नेपाल प्याब्सन अर्घाखाँचीको चौंथो जिल्ला अधिवेशनमा मन्तव्य राख्ने वत्ताहरुले नीजि विद्यालयलाई सहयोग गर्नुको सट्टा सरकारले दुःख दिने गरेको आरोप लगाए ।
कार्यक्रममा मन्तव्य राख्दै प्याब्सनका वरिष्ठ केन्द्रिय उपाध्यक्ष लक्ष्य बहादुर के.सी.ले विदेशीको लगानीे सुरक्षित गर्न विप्पा सम्झौता गर्ने, सरकारले आफ्नै देशका नागरिकले गाँस काटेर शिक्षा क्षेत्रमा गरेको लगानी डुबाउन खोजेको आरोप लगाउनु भयो । राज्यबाट आफुहरुले दया माया नभई अधिकार खोजेको उहाँको आरोप छ । आगामी शैक्षिक सत्रदेखि विद्यार्थीको शुल्क बढाउने तयारी भईरहेको के.सी.को भनाई थियो ।
कार्यक्रममा मन्तव्य राख्दै प्याब्सनका केन्द्रीय महासचिव डि के ढुंगानाले स्वामित्य ,पहिचान र लगानी सुरक्षाको लागि आफुहरु आन्दोलित भएको बताउँदै ३० प्रतिशत क्षेत्र ओगटेको नीजि क्षेत्रलाई नीति निर्माणको तहमा लैजान आनाकानी गर्नु, राज्यको लाचाहारीपना भएको आरोप लगाउनु भयो । आफु र आफ्ना छोराछोरीलाई नीजि विद्यालयमा पढाउने नेताहरुले नीजि विद्यालयप्रति भ्रम श्रृर्जना गरी जनताको आँखामा छारोहाल्ने काम गरेको बताउनु भयो । कार्यक्रममा मन्तव्य राख्दै प्रमुख जिल्ला अधिकारी सागरमणि पाठकले शिक्षा क्षेत्रमा नीजि विद्यालयले पु