प्यावसन अर्घाखाँचीको अध्यक्षमा पौडेल

 अर्जुन भुसाल 



सन्धिखर्क, अर्घाखाँची, माघ ७  ।   निजी तथा आवसीय विद्यालय अर्गनाइजेशनका ( प्यावसन ) अर्घाखाँचीको चौथो सम्मेलनले नारायणप्रसाद पौडेलको अध्यक्षतामा निर्विरोध  ११ सदस्यीय नयाँ कार्य समितिको चयन गरेको छ । जसको उपाध्यक्षमा गणेश क्षेत्री, सचिवमा मोहनराज भुसाल, सहसचिवमा सालिकराम भुसाल, कोषाध्यक्षमा विष्णुप्रसाद  भुसाल र सहकोषाध्यक्षमा नारायण खनाल  रहेका छन् । यस्तै सदस्यहरुमा वामदेव खनाल, धनेश्वर पाण्डे, कमल बेल्वासे, रिना खनाल, इश्वरी प्रसाद खनाल, रहेका छन् ।  

 



 

अधिवेशनको  उदघाटन शत्रलाई सम्वोधन गर्दै  वरिष्ठ उपाध्यक्ष लक्ष्य केसीले आगामी शैक्षिक शत्रबाट प्यावसनमा आवद्ध निजि विद्यालयहरुले विद्यार्थीहरुको शुल्कमा वृद्धि गर्ने बताए  ।  केसीले निजी विद्यालयहरुलाई टिकाइ राख्न पनि आपूmहरुले पटकपटक शुल्क वृद्धि गर्न वाध्य भएको बताए ।  उनले अहिले कति प्रतिशत शुल्क वृद्धि गर्ने भन्नेबारे अझै टुङ्गो लगाइ नसकिएको बताए । सकारले निजी विद्यालयमाथि  विभेदकारी निति   ल्याएको उनले  बताए ।  सकारले हामी माथी कर  थुपारिरहेका छ उनले भने, हामीले शुल्क वृद्धि  नगरे चल्न सक्ने अबस्था छैन । उनले अब अभिभावकहरु पनि  सरकार सँग लडनुपर्ने बताए । अभिभावकले पनि शुल्क वृद्धि गर्दा विरोध जनाउँनु हुदैन उनले भने, यसका लागि सरकार सँग कडा माग राखेर अभिभावक पनि  आन्दोलनमा जानुपर्छ  । 

   

उनले सरकारले निजि क्षेत्रसँग साझेदारी गरेर काम गर्नु पर्ने भएपनि अहिले सम्म कुनै वास्ता नगरेको बताए । हामी राज्य सँग पटकपटक आफ्ना समस्याहरु राख्यौं, तर राज्यले कुरै सुनेन  उनले भने । उनले निजि विद्यालयले  देशका दुइ लाख जनशक्तिलाई रोजगारी प्रदान गरेको बताए ।  राज्यले निजी विद्यालयलाई पाँच प्रतिशत कर तिर्न लगाएर उल्टै ढाड सेक्ने काम गरेका उनले  बताए । 

 



 

महासचिव  डि.के ढुङ्गनाले सरकारले खर्च गर्ने प्रति विद्यार्थी शुल्क भन्दा निजि विद्यालयका विद्यार्थीको  प्रति विद्यार्थी शुल्क धेरै कम भएको बताए । उनले कतिपय जिम्मेवार व्यक्तिलेनै  निजि विद्यालयलाई वदनामीत बनाउँन खोजेको बताए ।  उनले राजनीतिक दलहरुले  पनि निजि विद्यालयका समस्या समधान गर्न कुनै पहल नगरेकने बताए । उनले संविधानसभाको निर्वाचनमा नेपाली कांग्रेसले बाहेक अन्य कुनै दलले आफ्नो घोषणा पत्रमा निजि विद्यालयको  कुरा नउठाएको बताए । दलहरुले पनि हाम्रा समस्या हल गर्न कन्जुस्याइ गरेका छन्, उनले भने, अब हामी सशक्त ढङ्गले लाग्नुपर्छ ।



 प्रमुख जिल्ला अधिकारी  सागरमणि पाठकले  शैक्षिक क्षेत्रमा भएका विकृत विसङगति हटाउँनुपर्ने बताए । उनले  निजि क्षेत्रको सिन्डिकेटका कारण अभिभावक र  विद्यार्थी  मर्कामा पर्ने गरेको बताए  । सरकारी निकाय, निजि क्षेत्र र  गैर सरकारी संस्थाको सहकार्यमा शिक्षा क्षेत्रको विकास हुन सक्छ उनले भने  ।  जिल्ला शिक्षा कार्यालयका उपसचिव नरेन्द्र बेल्वासेले कर तिरेमा मात्र सेवा गरेको पुष्टि हुने बताए । कर तिर्न गाह्रो मान्नु हुदैन

अन्य समाचारहरु