बाबु रोका मगर “अपरिचीत”
बितेको १२ बर्ष सम्म राज्यले फैसला गर्न नसकेको इतिहासले पताक्षप गर्न नसकेको एउटा कुर्र अनि निन्दनीय पर्सविक हत्याकाण्ड हो दरवार हत्याकाण्ड जेष्ठ १९ / २०५८ लोक प्रिय राजा बिरेन्द्रका सिंगो बंश विनास बनाउने त्यो हत्याकाण्ड को डिजाइनर को थिए र किन गराए?
पुस्तक का पाना पल्टे जस्तै १२ बर्ष बित्यो तर दरवार हत्याकाण्ड को रहस्य खुल्न सकेको छैन | हत्या पछी तत्कालिन प्रधानमंत्री गिरीजा प्रसाद कोइराला ले यो हत्या ब्राइन डिजाइन भनेका थिए तर त्यो ब्राइन डिजाइन कसले गर्यो र किन? रहस्यको पर्दाफास उनले कहिल्यै गरेनन | त्यसपछी पनि धेरै जना प्रधानमंत्री बने तर कसैले पनि यो घटना को बिषय मा एक शब्द बोल्न सकेनन | गणतन्त्र आएपछी प्रधानमंत्री भएका पुष्प कमल दाहाल (प्रचण्ड) ले यो घटना को वारेमा सबै पर्दाफास गर्ने छु भने तर केहि पनि गर्न सकेनन प्रचन्ड पछी भएका प्रधानमंत्री हरुले त यस घटना वारे कुनै कुरा उठाउन सकेका छैनन किन? अब त यो घटना लाइ बिस्तारै भुल्ने सिवाय केहि रहेन |
दण्डहिनता को सुरवात यही घटना बाट सुरु भएको थियो र यसको पूर्ण छानबीन हुने र यो घटनाको मुख्य दोषी को हो सच्चाई लाइ जनताको अगाडी ल्याउन नेपाल सरकार ले अझै पनि नसकेको आम जनतालाई अबगत नै छ | हत्या को छानबिन पछी पुर्व राजा दिपेन्द्र लाइ नै हात्याको दोषी बनाइयो | सर्बोच्च अदालतले प्रधान न्यायधिस को अध्यक्षता मा उच्चस्तरीय छानबिन आयोग गठन भयो यो आयोग ले पनि मरी सकेका दिपेन्द्र को थाप्लोमा हालेर प्रतिवेदन बुझायो तर आयोग को प्रतिवेदन जनताहरुले स्वीकारेनन् | दरवार लाइ नजिक बाट देख्ने केहि व्यक्तिहरुले प्रकाशित गरेका पुस्तक मा पनि हत्याको दोषी दिपेन्द्र लाइ नै लगाइएको छ |
यो हत्याकाण्ड मा राजपरिवार का सदस्य संलग्न थिए वा बाहिरी शक्ति को संलग्नता थियो यो रहस्य कै गर्व मा छ | यसको आधारीन रुप मा आधार सबुत प्रमाण भने कसैले पनि प्रस्तुत गर्न सकेनन दल हरुले हत्याको छानबीन गरे या गरेनन तर हत्याकाण्ड का प्रमाण हरु एक पछी एक गर्दै नष्ट हुँदा पनि मौन बसी रहे | दरवार हत्याकाण्ड भएको ४ बर्ष पछी हत्याकाण्ड भएको भवन त्रिभुवन सदन लाइ तत्कालिन राजा ज्ञानेंद्र को निर्देशन मा भत्काइएको थियो | दिपेन्द्र गोली लागेर ढले को पोखरी एक पटक पुरेर जिर्ण उद्दार गरिएको छ | घटना को प्रत्यक्ष दर्शीहरुले पनि घटना को सत्य बताउन चाहेनन तर अझै पनि विभिन्न शंका का काला बादलहरु मानिसहरुको मन मस्तिष्क मा जिबॆतै छ्न |
नेपाली संस्कृती गाइजात्रा को ठिक अघिल्लो दिन “कुल प्रसाद शेरचन” प्रस्तुत भए हत्या का सम्पूर्ण आधिकारीक जीम्मेवार लिदै एका एक घटना को जीम्मेवार लिने कुल प्रसाद शेरचन यो घटना को बास्तविक लुकाउने जात्रा का एक कलाकार हुन् या बास्तविक हत्यारा यिनै हुन्? कस्तो जमाना आफै हत्यारा हुँ भनेर दिनदहाडे कुर्लने लाइ पनि पक्रन न सक्ने कस्तो हाम्रो सरकार? देश मा गणतन्त्र घोषित भएपछी राज गद्दी छोड्दा तत्कालिन राजा ज्ञानेंद्र ले पनि आफ्नो दोष न भएको आसय ब्यक्त गरेका थिए | नारायणहिटी राजदरबार बाट राजसंस्था बहिरगमन भइ सकेपछी सिंगापुर स्थित एउटा अखबार बाट पुर्व युवराज पारस ले भनेका थिए हत्यारा दिपेन्द्र नै थिए | तर यति हुँदा पनि ऐतिहासिक घटना राजदरवार हत्या काण्ड को बास्तविक पर्दा खुल्न सकेको छैन |
राज तन्त्र को ठाउँ मा गणतन्त्र आयो राजा को स्थान राष्ट्रपति ले लिए तर यो घटना संगै राजनिती मा जो अडिकता थियो त्यो पूर्ति भयो त? प्रश्न अझै निरउत्तरित छ |
यस्तो कहिल्यै भुल्न नसकिने ऐतिहासिक घटना को बास्तविक बुझ्न न सक्ने नेपाल सरकार को कानुन ले सर्वसाधारण को हत्या प्रति कुनै औला ठाडो पार्न सक्ला त ? अझै पनि कता कति महान व्यक्ति हरुले पनि सिदा धम्की दिदै हिडछन सक्छौ भने मलाइ पक्र हत्यारा लाइ होइन? यो त सिधै कानुन लाइ आफ्नो हातमा लिएर दादागिरी देखाउनु आफुले मनपरी गर्नु के यो नेपाल को कानुनी दायरा भित्र पर्छ त? किन बुझ्दैनन् सरकार मा बस्नेहरुले? किन चुप लागेर बसी रहन्छन पुलिस प्रशासन? किन पक्रन सक्दैन यस्ता ब्यक्तिहरुलाई?
संबिधान सभाको चुनाव भएको दुइ महिना बिति सक्दा पनि संबिधान कसरी र कस्तो बनाउने भन्ने वारे मा सहि निष्कर्ष निकाल्न न सक्ने दलहरुले के देशमा जनताहरु ले चाहे जस्तो संबिधान बनाउन सफल होलान त? संबिधान प्रति खेलचारी गर्ने संबिधान बिथोल्न अनेक रणनिती गर्ने यस्ता क्रियाकलाप हरु बढ्दै गएको छ |यसले संबिधान बन्न मा ठूलो बाधा पुर्याउछ | तर संबिधान जसरी भएपनि बनाउनु आबश्यक छ यदी संबिधान बन्न सकेन भने नेपाली मुलुक ले ठूलो क्षेती बेहोर्नु पर्नेछ | अब को संबिधान बने पछी यो घटना को बिषय लाइ लिएर दोषी लाइ कारवाही गरेको हेर्न सम्पूर्ण नेपाली हरुको आँखा टोलाई रहेको छ | होइन भने सधै डर अनि त्रास मा बाँच्नु पर्ने छ |