कृषि क्षेत्रमा धेरै बजेट विनियोजन गर्न अर्घाखाँचीका सरोकारवाला संघसस्था एकमत

अर्जुन भुसाल 
सन्धिखर्क, अर्घाखाँची माघ ८ ।  यहाँका  सरोकारवाला संघसस्थाका प्रमुख तथा प्रतिनिधिहरुले यस वर्षको जिल्ला परिषदबाट कृषि क्षेत्रमा सबै भन्दा धेरै वजेट विनियोजित गर्नेमा जोड दिएका छन्  । रिपोर्टर्स क्लव अर्घाखाँचीले गरेको अन्र्तक्रिया कार्यक्रममा बोल्दै उनीहरुले कृषि प्रदान देशमा कृषिका लागि धेरै वजेट खर्च गरिनुपर्नेमा जोड दिएका हुन । विगतका वर्षहरुमा सडकलाई मात्र वजेट छुट्टाउँदा कृषि क्षेत्र ओझेलमा परेको भन्दै  उनीहरुले  कृषिमा  पकेट क्षेत्र छुट्टाएरै बजेट विनियोजन गर्नुपर्नेमा एकमत भए  । 
 नेपाली कांग्रेसका जिल्ला सभापति कमलप्रसाद भुसालले कृषिमा लगानी गर्ने रकमलाई कृषि सडक भन्दै  बजेट विनियोजित गर्दा समस्या आएको बताए । उनले अब सडकलाई नभएर उत्पादन मूलक कृषिलाईनै विशेष जोड दिने बताए । जिल्लाबाट बजेट गाउँमै जाने भएकाले काम भएनभएको बारे अनुगमनलाई कडाइ गर्नु पर्ने बताए ।

अन्य समाचारहरु