दक्षिणी सुडानमा सरकार र विद्रोहीले युद्धविराम सम्झौतामा हस्ताक्षर गरेका छन् । ईथियोपियामा दुबै पक्षले हस्ताक्षर गरेको सम्झौतामा २४ घण्टाभित्र युद्ध रोक्ने उल्लेख छ । सरकारी सेनाले विद्रोहीको कब्जामा रहेका दुईवटा शहरमा नियन्त्रण गरेपछि युद्धविराम सम्झौता भएको हो ।
महिना दिन लामो युद्धका क्रममा ५ लाख जनता विस्थापित हुनुका साथै कयौं मारिएका थिए । युद्धविराम सम्झौता देशमा शान्ति स्थापनाको वातावरण बनाउन महत्वपूर्ण उपलब्धि भएको विद्रोही पक्षको वार्ता टोलीले जनाएको छ ।
तर सरकारी वार्ता टोलीले भने विद्रोही पक्षले युद्धविरामको पूर्ण पालना गर्ने र आफ्ना सबै लडाकुलाई नियन्त्रणमा राख्नेमा आशंका गरेको छ । राष्टपति साल्भा किर र उहांका पूर्व उपराष्ट्रपति रेक मचारवीच मतभेद उत्पन्न भई दक्षिणी सुडान गत डिसेम्बरदेखि द्धन्दमा फसेको थियो । यस क्रममा जातीय नरसंहार समेत भएको समाचार बाहिर आएको थियो । agencies